Saturday, October 1, 2022

निःशुल्क योग शिविर सञ्चालन

इटहरीमा बुधबारदेखि १५ दिने निःशुल्क योग विज्ञान शिविर सुरु भएको छ ।
पतञ्जली योग समिति इटहरी उपमहानगरको आयोजनामा शिविर सञ्चालन भएको हो । शिविर विराटनगर लाइनको राधाकृष्ण शिव मन्दिरमा सञ्चालनमा रहेको छ । शिविर उद्घाटनका क्रममा इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सगिंता चौैधरीले योग अहिलेको समयमा अति आवश्यक रहेको बताउनुभएको छ । साथै योगको लागि इटहरी उपमहानगरपालिकाले बजेट समेत विनियोजन गरेको जानकारी दिनुभयो ।
योग शिविरको पहिलो दिन ५० जनाको सहभागिता रहेको थियो । शिविर भदौ १५ गतेसम्म सञ्चालन हुनेछ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट