Saturday, October 1, 2022

थोक औषधी व्यवसायीद्दारा अन्तरक्रिया

सुनसरीमा रहेका थोक औषधी व्यवसायीले बुधबार इटहरीमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेका छन् ।
नेपाल औषधी व्यवसायी सघं जिल्ला शाखा सुनसरीको आयोजनामा भएको कार्यक्रममा बजारमा व्यापारीहरुबीच अस्वस्थ्य प्रतिस्पर्धा भइरहेको सहभागीले बताएका छन् । यसरी बजारमा भएको अस्वस्थ्य प्रतिस्पर्धाले व्यवसायी–व्यवसायी बिच मतभेद सिर्जना हुन नदिन कार्यक्रमको आयोजना गरिएको नेपाल औषधी व्यवसायी सघं जिल्ला शाखा सुनसरीका अध्यक्ष रबिन्द्र घिमिरेले जानकारी दिनुभयो ।
कार्यक्रममा सुनसरीका १२ वटा स्थानीय तहका औषधी थोक बिक्रेताहरुको उपस्थिती रहेको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट