Friday, January 27, 2023

संखुवासभामा अज्ञात जीवको टोकाईबाट पाँचथरका एक युवकको मृत्यु

संखुवासभामा अज्ञात जीवको टोकाईबाट पाँचथरका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कुम्मायक गाउँपालिका—५ भुल्के घर भएका ४२ वर्षका हरी चन्द्र निरौला रहेका छन् ।

निरौला संखुवासभाको भोटखोला गाउँपालिका—४ को अपर अरुण जलविधुत आयोजनामा ज्यालादारीको रुपमा काम गर्दै आएका थिए । नाम नखुलेको जीवको टोकाईका कारण पाँच दिनदेखि विरामी परेका उनको शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । निरौला पहिचान नखुलेको जिवको टोकाइबाट बिरामी परेका थिए ।

भौगोलिक बिकटताको कारणले समयमै उपचार हुन नसक्दा उनको मृत्य भएको बताइएको छ । निरौलाका श्रीमती एक छोरा र एक छोरी गरी तीन जनाको परिवार रहेको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट