Saturday, October 1, 2022

इटहरीमा विदेश जाने विद्यार्थीका निम्ति एजुकेशन फेयर हुँदै

इटहरी : अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीका लागि परामर्श प्रदान गर्न इटहरीमा भदौ २४ गते एजुकेशन फेयर २०२२ हुने भएको छ। एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले नेपालका प्रमुख सहरहरुमा कार्यक्रम गर्ने तय गरे बमोजिम एक्सपर्ड एजुकेशन फेयर हुन लागेको हो ।

सोमवार पत्रकार सम्मेलन गरी अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीले अस्टे«लिया, क्यानडा, युके र अमेरिकाका विभिन्न विश्वविद्यालय तथा कलेजका प्रतिनिधीहरुसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन् । विगत १९ वर्षदेखि सञ्चालनमा आएको एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले विदेश पढ्न जाने विद्यार्थीहरु अलमलमा पर्ने गरेकाले सहजीकरण गर्न हरेक वर्ष कार्यक्रम गर्दै आएको इटहरी शाखाका निर्देशक कमल तिम्सिनाले बताउनुभयो ।

कार्यक्रममा एक हजार हाराहारी विद्यार्थीको सहभागी हुने अपेक्षा गरिएको छ। एक्सपर्ड एजुकेशन इटहरी शाखाले हालसम्म एक हजार विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि परामर्श प्रदान गरिसकेको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट