Saturday, October 1, 2022

 पूर्वाञ्चलले चिकित्सामा स्नातक तहको पढाई सुरुवात गर्दै (भिडियो रिपोर्टसहित)

विनोद आचार्य
सपूर्वाञ्चल विश्वविद्यालयले चिकित्सा शास्त्रमा स्नातक तहको पढाई सुरु गर्ने भएको छ । यसका लागि विश्वविद्यालयले पहिलो पटक चिकित्शासास्त्र संकाय अन्तर्गत एमविविएसको दुई वर्ष लगाएर पाठ्यक्रम समेत तयार पारि सकेको छ ।

विश्वविद्यालय एमविविएस बिषय समितिले तयार पारेको पाठ्यक्रम विश्वविद्यालयलाई हस्तान्तरण गरिसकेको छ । वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका प्राध्यापक डाक्टर बिष्णुहरी पौडेल नेतृत्वको १३ सदस्य पाठ्यक्रम निर्माण समितिले बिभिन्न विश्वविद्यालयका ५० जनाभन्दा बढी बिषय बिशेषज्ञहरुसँगको समन्वयमा पाठ्यक्रम तयार पारेको हो ।

विश्वविद्यालयले एमविविएस, विडिएसलगायत कार्यक्रम सञ्चालन गर्न विराटनगरको कोसी अस्पतालसँग सम्झौता गरेर सबै प्रक्रिया पुरा गरेको छ । विश्वविद्यालयसँग पूर्वाधार रहेको र कोसी अस्पतालसँग सम्झौता भइसकेकाले कक्षा सञ्चालनको अनुमती पाएलगत्तै उक्त पाठ्यक्रम लागु गरिने विश्वविद्यालयको भनाई छ ।

स्वास्थ्य मन्त्रालयको अनुमतिमा कोसी अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्ने सम्झौता भएपछि विश्वविद्यालय पाठ्यक्रम निर्माण लगायतको अन्य तयारीमा लागेको थियो । विश्वविद्यालयले यसै शैक्षिक सत्रबाटै चिकित्सा शिक्षाको बिएलएमटी कार्यक्रम सञ्चालन गर्दै छ । यसका लागि चिकित्सा शिक्षा आयोगले कोटा समेत निर्धारण गरिसकेको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट