Saturday, October 1, 2022

सय सिट नभए विद्रोह गर्ने काँग्रेस नेता कोइरालाको चेतावनी

सुन्दरहरैँचा : नेपाली काँग्रेसका नेता डाक्टर शेखर कोइरालाले आगामी प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा काँगे्रसले गठबन्धनमा सय सिट नपाए विद्रोह हुने चेतावनी दिनुभएको छ ।

शनिबार मोरङको सुन्दरहरैँचामा नेपाली काँग्रेस मोरङ क्षेत्र नंं. ६ ले आयोजना गरेको एक दिने प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो चेतावनी दिनुभएको हो । उहाँले काँग्रेस कमजोर नभएर परिस्थिती अनुसार मात्र गठबन्धन गर्नु गरेकाले गर्दा सयभन्दा कममा हुनै नहुने बताउनुभयो ।

राष्ट्रियता, प्रजातन्त्र तथा समाजवादका कुराहरुमा काँग्रेस र कम्युनिस्टबीच धेरै फरक रहेको उल्लेख गर्दे नेता कोइरालाले गठबन्धनमा कुनै सामजस्यता नरहेको बताउनुभयो । सोही कार्यक्रममा काँग्रेस नेतृृ डाक्टर डिला संग्रौलाले राष्ट्रपतिले अहिले नागरिक्ता विद्येयकको सन्दर्भमा खेलेको भूमिका असोभनिय रहेको बताउनुभयो ।

क्षेत्र नंं. ६ ले आफ्ना क्षेत्रका संगठनलाई मजबुद र बैचारिक बनाउनका लागि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको सभापति देवराज तामाङले बताउनुभयो । प्रशिक्षण कार्यक्रममा केन्द्रीय सदय दिनेश कोइराला तथा पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्रशिक्षण दिनुभएको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट