Saturday, October 1, 2022

काँग्रेस इटहरी पार्टी कार्यालयमा तालाबन्दी

सुनसरी : नेपाली काँग्रेस इटहरी उपमहानगरपालिका कार्यसमितिका उपसभापति बालकृष्ण विष्टको नेतृत्वमा पार्टी कार्यालय तालाबन्दी गरिएको छ  । कार्यवाहक सभापति कोविद जङ्ग कार्कीले विधान विपरीत कोषाध्यक्ष मनोनयन गरेको भन्दै विष्टको नेतृत्वमा पार्टी कार्यालय तालाबन्दी गरिएको हो । 

उपमहानगर सभापति हेमकर्ण पौडेल मेयरमा निर्वाचित भएसँगै उपसभापति कोविद जङ्ग कार्कीलाई कार्यवाहकको जिम्मेवारी दिनुभएको थियो  । कार्यबहक सभापति कार्कीले गत असार २ गते रिक्त रहेको कोषाध्यक्ष पदमा सुशीला चौधरीलाई नियुक्त गर्नु भएको थिए । 

वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समीक्षा नभएको र नियमित बैठक नबसेको भन्दै तालाबन्दी गरिएको उपसभापति बालकृष्ण विष्टले जानकारी दिनुभयो । 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट