Friday, January 27, 2023

किरात विद्यार्थीद्दारा धरानमा श्रमदान

धरान : २४ औँ स्थापना दिवसको अवसरमा किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समिति दमक झापाले धरान उपमहानगरपालिकामा श्रमदान तथा वृक्षारोपण गरेको छ ।

विहीबार सर्दु निशाने खोला क्षेत्रमा श्रमदान गरिएको हो । सोही अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्य समिति बेलायतले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ्द्धारा थालिएको अभियानमा एक लाख ५० हजार आर्थिक सहयोग गरिएको थियो । त्यसै क्रममा मेयर साम्पाङलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा किरात राई केन्द्रीय कार्यसमितिका संस्थापक सह–सचिव भिमकुमार राई, वर्तमान केन्द्रीय अध्यक्ष रामचन्द्र राई, केन्द्रीय महासचिव एन्जिल हाङ् राई साथै विभिन्न जिल्लाका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

श्रमदानमा ५० जनाको सहभागिता रहेको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट