Wednesday, December 7, 2022

इटहरीमा प्रथम नगर स्तरीय फुटसल प्रतियोगिता सुरु

इटहरी : इटहरीमा शुक्रबारदेखि प्रथम नगर स्तरीय फुटसल प्रतियोगिता सुरु भएको छ ।

एसडि फुटसलमा हुुने प्रतियोगिताको उद्घाटनको क्रममा प्रदेश सांसद लिलम बस्नेतले सबै क्षेत्रबाट खेलको सरंक्षण गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले खेलले युवालाई विकृति र विसङ्गतिबाट जोगाउँन सहयोग गर्ने बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, दोस्रो हुनेले १५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । खेलमा उत्कृष्ट खेलाडीले दुई हजार एक सयसहित ट्रफी, मेडल र प्रमाणपत्र, उत्कृष्ट गोलरक्षकले एक हजार एक सयसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । खेलमा सर्वाधिक गोलकर्ताले ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा आठवटा टिमले सहभागिता रहेको छ। फुटसल प्रतियोगिता फुलबारी युवा क्लव इटहरी वडा नं. ८ को आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोंजनमा भएको हो । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

प्रतियोगितामा आठवटा टिमले सहभागिता रहेको छ। फुटसल प्रतियोगिता फुलबारी युवा क्लव इटहरी वडा नं. ८ को आयोजना तथा इटहरी उपमहानगरपालिकाको संयोंजनमा भएको हो । प्रतियोगिता शनिबारसम्म चल्नेछ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट