Saturday, October 1, 2022

निर्वाचनमा जुट्न एमाले अध्यक्ष ओलीको आग्रह

विराटनगर : नेकपा एमालेका अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीमा जुट्न सवै कार्यकताहरुलाई आग्रह गर्नुभएको छ ।

शुक्रबार विराटनगरमा अनेरास्ववियुको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वाधिनता र अखण्डता मात्र नभई मुलुकको विकास र समृद्धिका लागि पनि एमालेले जित्नै पर्ने भएकाले निर्वाचनमा केन्द्रित हुन निर्देशन दिनुभयो । उहाँले निर्वाचन कुनै एउटा अदालतको फैसला नभई जनअदलतको फैसला भएकाले यसले सवैकुराको जवाफ दिने भएकाले यस्तो फैसला गर्न गराउन सवैलाई अगाडि बढ्न आग्रह गर्नुभयो ।

उहाँले एक घर, एक सदस्य बनाउन युवा विद्यार्थीहरुलाई जिम्मेवारी लिन आग्रह गर्दै अपवित्र गठबन्धनका कारण मुलुकको अवस्था नाजुक बन्दै गएको धारण राख्नुभयो । अध्यक्ष ओलीले राजनीति गर्नै नसक्ने विषय नभए पनि मुलुक बनाउने र समृद्धि ल्याउने कुरामा युवा विद्यार्थीहरु अग्रसर हुनुपर्ने बताउनुभयो ।

आगामी हुन लागेको निर्वाचनले मुलुकको भाग्य र भविष्यको फैसला गर्ने भएकाले त्यसको तयारीमा जुट्न युवा विद्यार्थीहरुलाई निर्देशन समेत दिनुभएको छ । उहाँले विद्यार्थीहरुलाई जनताको र देशको रक्षा गर्न आप्mनो मतको सदुपयोग गर्न आग्रह गर्नुभयो ।

अनेरास्ववियू प्रदेश १ समितिले आयोजना गरेको सो प्रशिक्षण कार्यक्रममा प्रदेश १ का युवा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

यसैबीच, मोरङको विराटचोकमा शुक्रबारदेखि सुरुनेपाल जेसीजको क्षेत्र ‘क’ सम्मेलनको उद्घाटनका क्रममा ओलीले सुशासन, शान्ति र विकासका लागि युवा पुस्ता सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । शनिबारसम्म चल्ने सम्मेलनमा क्षेत्र ‘क’ अन्तर्गत ४३ वटा शाखाका छ सयभन्दा बढी सहभागी भएका छन् ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट