Saturday, October 1, 2022

महायज्ञको तेस्रो दिन दुई लाख रुपैयाँ संकलन

इटहरी : इटहरी वडा नं. १० स्थितश्री सिद्दि विनायक गणेश मन्दिरमा सप्ताह ज्ञान महायज्ञ चलिरहेको छ ।

मन्दिर परिसरको जग्गा खरीद गर्न र आध्यात्मिक जागरणका लागि भदौ १४ गते कलश यात्रा गरेर महायज्ञको सुरुवात गरिएको थियो । जग्गा खरीदको लागि भनेर सुरु गरिएको पुराणमा दाताहरुले सहयोग गर्ने क्रम बढीरहेको छ । यसै क्रममा शुक्रबार तेस्रो दिनमात्र २ लाख सहयोग संकलन भएको छ ।

महायज्ञ भदौ २१ गतेसम्म चल्नेछ । महायज्ञमा पण्डित राधिकाशरण निरौलाले कथा वाचन र पण्डित दामोदर निरौलाले पाठ पारायण गर्दैै आउनुभएको छ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट