Saturday, October 1, 2022

माता बनेर सर्वसाधारणलाई ठगी गर्ने पक्राउ

इटहरी : आफू अनुकूलको व्याख्या गरेर पूजाआजा र भगवानको नामको बाहनामा आफ्नो खल्ती भर्ने काम थुप्रै स्थानमा भएको सुन्न पाइन्छ । यसरी मानिसको भावना र विश्वाससँग खेलवाड गरेर सर्वसाधारणलाई कङ्गाल बनाउने धन्दामा संलग्न भएको आरोपमा इटहरीबाट एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

जसलाई जे समस्या छ, त्यही पूरा गर्ने आश्वासन दिएर सर्वसाधारणलाई ठगी गर्ने धनकुटा स्थायी घर भएर इटहरी वडा नं. २ बस्ने माता नामले चिनिने लक्ष्मी राना मगरलाई प्रहरीले पक्राउ गरेको हो । राना मगरले मन्दिरमा सुन र भेटी भनेजति चढाउनु पर्ने र कसैलाई जुनसुकै समस्या भएपनि सबै पूरा गर्ने आश्वासन दिएर ठगी गरेको पहिलेदेखि पत्ता लागेपछि प्रमाण नहुँदा समस्या भएकोमा पछिल्लो समय प्रमाण भेटिएपछि प्रहरीमा उजुरी दिएपछि पक्राउ परेकोे स्थानीयले पद्मा बुढाथोकीले बताउनुभयो ।

राना मगरले इटहरी वडा नं. २ कै अम्बिकादेवी खड्काबाट पनि आठ लाख रुपैयाँ पैसा लिएको खुलेको छ। घटनाक्रम अनुसार इटहरी वडा नं. २ की ३४ वर्षे खड्कासहित १२ र नौ वर्षका दुईवटी छोरी तथा सात वर्षको छोरा लिएर शुक्रबार साँझ सप्तकोशीमा आत्माहत्या गर्न गएको बेला प्रहरीले उद्दार गरेको थियो । प्रहरीले अम्बिकासहित चारै जनालाई उद्दार गरेपछि राना मगरले ठगी गरेको खुलेको हो । अम्बिकाका श्रीमान शरणकुमार पाँच वर्षसम्म वैदेशिक रोजगारमा गएर एक महिना अघि फर्किएको आफन्तले जनाएका छन् । शरणकुमारले अम्बिकासँग पैसा खोजी गर्दा माता राना मगरलाई चढाएको बताएपछि ल्याउन दबाब दिएको कारण सामूहिक आत्माहत्या गर्न सप्तकोशी नदी पुगेपछि ठगी गरेको खुलेको आफन्त बिमल खड्काले बताउनुभयो ।

माता मगरले भगवानको नाममा पैसा र भेटी चढाउनुपर्छ भनेर ठगीमा परेका बग्रेल्ती रहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। पक्राउ परेकी माता राना मगरको अहिले प्रारम्भिक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले बताउनुभयो ।

दाना र दक्षिणको आफ्नै महत्व भएपनि अनेक बाहनामा आफ्नो खल्ती भर्ने काम ठगी धन्दा हो । ठगी गर्नेको पहिचान गरि कारबाही गर्नैपर्छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट