Wednesday, December 7, 2022

श्रीलंका टापुमा स्वास्थ्य शिविर सञ्चालन

वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकाले श्रीलंका टप्पुमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । वडा नं. ६ र ९ को आधा–आधा भाग विभाजित भएर बनेको टापुका बासीन्दाका लागि हाडजोर्नी , छाला , नाक , कान , घाटी र स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण गरिएको हो । सो क्रममा निःशुल्क औषधी समेत वितरण गरेको थियो ।

इन्टरनेशनल नेपाल फेलोसोपको आर्थिक सहयोग तथा आईएनअफ नेपाल हरियो खर्क अस्पताल पोखराले समन्वयमा शिविरमा तीन सय जनाले स्वास्थ्य चेकजाँच गरेका थिए ।

नगर प्रमुख रमेश कार्कीले शिविर सञ्चालन गरेर श्रीलंका टापुवासीको आधारभुत आवश्यकताका पूरा गराउने कार्यमा लागि परेको बताउनुभयो । शिबिर आयोजना गरेर स्वास्थ्य सम्बन्धी सचेतना बढाउन खोजेको बताउदै टापुमा रहेको स्वास्थ्य संस्थाको स्तर वृद्दि गरेर थप सेवा दिने योजना रहेको पनि कार्कीले बताउनुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट