Saturday, October 1, 2022

एकीकृत समाजवादीलाई कम्तीमा २४ सिट चाहिन्छ : उपमहासचिव खतिवडा

विराटनगर : नेकपा एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले प्रतिनिधी सभाको सिट बाँडफाँडमा आफ्नो पार्टी न्यूनतम पनि २४ सिट भन्दा कम सिटमा नझर्ने बताउनुभएको छ ।

विराटनगरमा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा खतिवडाले विगतमा जितेको सिटका आधारमा सिट बाँडफाँड हुनुपर्ने भन्दै यसै विषयमा गठबन्धनको कार्यदलमा छलफल चलिरहेको बताउनुभयो । उहाँले गठबन्धनको सुत्रधार नेकपा एकीकृत समाजवादी रहेको बताउँदै मंसिर ४ गते हुने निर्वाचनपछि संसदको संरचनाले गठबन्धनको स्वरुपबारे निक्र्यौल गर्ने बताउनुभयो ।
प्रवक्ता खतिवडाले गत स्थानीय निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रले धोका दिएको विषयमा समीक्षा भएको र आगामी निर्वाचनमा धोका नहुने प्रतिबद्धता आएको बताउनुभयो ।
उहाँले प्रदेश १ का २८ निर्वाचन क्षेत्रमध्ये ६ वटा क्षेत्रमा आप्mनो पार्टीको दावी रहने बताउनुभयो ।

खतिवडाले वाम गठबन्धनको प्रयास भईरहेको र यसका लागि छलफल जारी रहेको जानकारी दिँदै आगामी निर्वाचनमा आ–आफ्नै निर्वाचन चिन्ह लिएर निर्वाचनमा भाग लिने बताउनुभयो । उहाँले गठबन्धन भित्रका कम्युनिष्ट पार्टीहरुसँग एकता र सहकार्यको सम्भावना रहेपनि एमालेसँग कुनै सहकार्यको सम्भावना नरहेको बताउनुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट