Wednesday, December 7, 2022

प्रदेश १ लाई साक्षर प्रदेश घोषणा गरिदै

प्रदेश १ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भदौ २३ गते अर्थात विहीवार साक्षर प्रदेश घोषणा गरिने भएको छ ।

यस अघि नै प्रदेश १ को १४ वटै जिल्ला साक्षर जिल्ला घोषणा भईसकेका छन् । जसले गर्दा साक्षर प्रदेश घोषणा गर्न लागिएको बुधवार सामाजिक विकास मन्त्रालयले पत्रकार सम्मेलन गरि जानकारी दिइयो । पछिल्लो समय प्रदेश १ को सोलुखुम्बु जिल्लाले २०७९ असार २६ गते साक्षर जिल्ला घोषणा गरे सँगै १४ वटै जिल्ला साक्षर जिल्ला भएका थिए ।

युनेस्कोको नीति अनुरुप साक्षरताका १२ सक्षमता मध्ये ६ वटा सक्षमता प्राप्त गर्ने व्यक्ति साक्षर भएको मानिन्छ । बाग्मती र गण्डकी प्रदेशपछि प्रदेश १ साक्षर प्रदेश बन्न लागेको तेस्रो प्रदेश हो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट