Wednesday, December 7, 2022

ई–क्यानको तीन दिने शैक्षिक मेला टुंगियो

 विराटनगर : ई–क्यान पूर्वाञ्चलको तीन दिने शैक्षिक मेला टुंगिएको छ। शुक्रबार विराटनगरमा शैक्षिक मेला टुंगिएको हो । ई–क्यानको शैक्षिक मेला विहीबार इटहरीबाट सुरु भएको थियो ।

मेला समापनका क्रममा विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा कार्कीले पछिल्लो समय निजी क्षेत्रले शैक्षिक उन्नयनमा योगदान पु¥याएको बताउनुभयो । गुणस्तरीय शिक्षा प्रदान गर्न निजी क्षेत्रको योगदान अपरिहार्य रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, प्याब्सन मोरङका वरिष्ठ उपाध्यक्ष प्रेमसिंह सुवाल, महेन्द्र मोरङ क्याम्पसका सहायक क्याम्पस प्रमुख डिल्ली पोखरेल, ई–क्यानका केन्द्रीय अध्यक्ष प्रकाश पाण्डे, ई–क्यान पूर्वाञ्चलका सल्लाहकार कमल प्रसाद तिम्सिना, ई–क्यान केन्द्रका वरिष्ठ उपाध्यक्ष शेषराज भट्टराई, केन्द्रीय सदस्य भवनाथ हुमागाईँ लगायतले बोलेका थिए ।

ई–क्यान पूर्वाञ्चलका अध्यक्ष प्रकाश लकान्द्रीका अनुसार इटहरी, धरान र विराटनगरमा सञ्चालन भएको मेलामा तीन हजार बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए । मेलामा नेपालसहित विदेशी मुलुकका विभिन्न ४० वटा हाराहारी कलेजले सहभागिता जनाएका थिए ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट