Saturday, October 1, 2022

सरकार प्रतिपक्षलाई तनाब दिँदै आएको छ ः एमाले अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले हरेक विषयमा तनाव ल्याउँने र प्रतिपक्षीलाई आरोप लगाउने कार्य गरेको आरोप लगाउनुभएको छ ।
शनिवार विराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले नागरिकताका नाममा मुलुकमा तनाव ल्याउँन खोजेको बताउनुभयो । उहाँले जन्मसिद्ध नागरिकका सन्तानले नागरिकता पाउनुपर्ने बताउँदै नागरिकताको समस्या समाधानका लागि सरकारलाई विधेयक फिर्ता लिएर जन्मसिद्धको सन्तानलाई नागरिकता ल्याउने गरी नयाँ विधेयक ल्याउन आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले निर्वाचन घोषणा भईसकेपछि पनि कर्मचारी सरुवा, बढुवा र नियुक्ति दिने कार्य जारी राख्नु गलत भएको बताउनुभयो । उहाँले सरकारलाई छाडा तन्त्र र लुटतन्त्रको संज्ञा दिदै निर्वाचन आयोगको भूमिका विगतको निर्वाचनमा निष्पक्ष नदेखिएको र अहिले पनि प्रशासन यन्त्रलाई आफ्नो नियन्त्रणमा राख्ने कार्य नभएको जिकिर गर्नुभयो । अध्यक्ष ओलीले निष्पक्ष र स्वतन्त्र निर्वाचनका लागि निर्वाचन आयोगले आफ्नो अधिकार क्षेत्रलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट