Saturday, October 1, 2022

फिल्म अभियानको दोस्रो प्रिमियर शो

फिल्म अभियानको दोस्रो प्रिमियर शो गरिएको छ । कोशी भिजन फिल्म्सको ब्यानर तथा ऐतिहासिक तामाङ् थाकथलो ‘किपट’ को कथामा निर्माण भएको फिल्म अभियानको दोस्रो प्रिमियर शो शनिवार तरहरामा गरिएको हो ।
फिल्मको प्रिमियर शो अघि औपचारिक कार्यक्रम पनि गरिएको थियो ।

कार्यक्रममा पत्रकारहरुलाई सम्मान पनि गरिएको थियो । फिल्मको भदौको १८ गते इटहरीको इलाइट सिनेमा हलमा पहिलो प्रिमियर शो गरिएको थियो । फिल्मको निर्माता तथा निर्देशक लाखमान योन्जत तामाङ् रहनुभएको छ ।

५५ लाख लगानी लागेको फिल्ममा स्वर्गीय जयनन्द लामाका साथमा अमर पाख्रिन तामाङ, पुजा तामाङ, दावा फिन्जो तामाङ, श्याम माया तामाङ, रश्मिला वाइवा तामाङ, सन्तोष सराकार, रितेश जंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।

फिल्मको असोज १० गते काठमाडौको जमलमा प्रिमियर शो गरिने फाइनल भएको निर्माता तथा निर्देशक तामाङले जानकारी निुभएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट