Saturday, October 1, 2022

कस्तुरी बचतको ११ औं साधारण सभा सम्पन्न

इटहरी : इटहरीमा सञ्चालित कस्तुरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ११ औं साधारण सभा सम्पन्न गरेको छ ।
शनिबार भएको साधारणसभाको उद्घाटन इटहरी उपमहानगरपालिका सहकारी शाखाका सुमन पौडेलले गर्नुभएको थियो । तीन सय ३५ जना शेयर सदस्य रहेको कस्तुरी बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा एक करोड ८९ लाख २० हजार २६ रुपैयाँ ऋण लगानी गरेको उपाध्यक्ष भुवनाथ दाहालद्धारा प्रस्तुत वार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो अवसरमा आगामी नीति तथा कार्यक्रममा शेयर सदस्यता वृद्धि गर्ने, बाल बचतलाई प्रोत्साहन गर्न खुत्रुके बचत कार्यक्रम सञ्चालन गर्ने, ऋण असुलीलाई संस्थाको नियम अनुसार मासिक व्याज र किस्ता असुलीमा कडाई गरिने लगायतका विषयहरु समेत प्रतिवेदन उल्लेख गरिएको छ । संस्थाका अध्यक्ष बाबुराम थापाको अध्यक्षतामा साधारणसभा भएको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट