Saturday, October 1, 2022

व्याज घटाउन उद्योगी–व्यवसायीद्दारा माग

विराटनगर : संस्थागत निक्षेपमा व्याज दर घटाउन पूर्वका उद्योगी–व्यापारीहरुले माग गरेका छन् ।

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर उद्योगीहरुले लिक्विडिटी अभाव भईरहेको बेला संस्थागत निक्षेपमा व्याज दर बढाएर १४ प्रतिशत पु¥याइएको गुनासो गरेका छन् । निक्षेपमा व्याज बढाउँदा औद्योगिक कर्जाको व्याज दर समेत बढ्ने भएकाले उद्योग बन्द गर्नुपर्ने अवस्था आएको उद्योगी व्यापारीहरुको भनाई छ । उनीहरुले कर्जाको व्याजदर बढ्दा उद्योग सञ्चालनमा कठिनाई भएको बताएका छन् ।

उद्योगी व्यावसायीहरुले उद्योग व्यावसाय क्षेत्रमा देखिएको समस्याबारे वारम्बार राज्यलाई घचघच्याउँदा समेत केही सुनुवाई नभएको गुनासो समेत गरेका छन् ।

उनीहरुले नेपाल राष्ट्र बैंकले २७ वटा बैंकलाई राष्ट्रियकरण गनुपर्ने भन्दै कि उद्योगीहरुको माग सम्बोधन गर्नु पर्छ कि उद्योग व्यावसायी सवै किनि दिन आग्रह गरेका छन् । उनीहरुले यस्तो अवस्थामा व्यवसाय चलाउँन नसक्ने भन्दै उद्योग बन्द गर्नुको विकल्प नभएको बताए ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट