Saturday, October 1, 2022

महिला फुटवल प्रतियोगितामा धनकुटा र झापा फाइनलमा प्रवेश

इटहरी : इटहरीमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबल छनोट खेलमा धनकुटा र झापा फाइनलमा प्रवेश गरेका छन ।

शनिवार इटहरी रगंशालामा भएको पहिलो सेमिफाइनल खेलमा सुनसरीलाई शुन्यका बिरुद्द तीन गोलले पराजित गर्दै धनकुटाले फाइनलमा स्थान बनाएको हो । धनकुटालाई जित दिलाउन खेलको १० औं मिनेटमा सन्ध्या रम्तेलले गोल गरिन् । त्यसको एक मिनेटपछि निशा थुलुङ्ले अर्को गोल थपेर टीमलाई अग्रता दिलाइन् । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा ३० आंै मिनेटमा अनिता गुरुङ्ले गोेल गरेपछि जित पक्का भएको हो । दोस्रो सेमिफाइनल खेलमा झापाले मोरङलाई शुन्यका बिरुद्द एक गोलले पराजित गरेको छ ।

झापालाई जित दिलाउन खेलको अन्तिम समय ५६ औं मिनेटमा मुना भुजेलले गोल गरिन् । मुनाले गरेको गोल नै निर्णायक बन्यो । अब मोरङ र सुनसरी महिला टीमबीच आइतबार बिहान ८ बजे तेस्रो उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट