Saturday, October 1, 2022

जनकल्यणकारीको २३ औं वार्षिक साधारणसभा सम्पन्न

जनकल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था इटहरीको २३ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

पर्यटकीय क्षेत्र तालतलैयामा आइतवार सम्पन्न साधारणसभाको अवसरमा उत्कृष्ट ऋणी, वचतकर्ता र कर्मचारीलाई सम्मान गरिएको छ । उत्कृष्ट ऋण रुमाकुमारी राउत, उत्कृष्ट बचतकर्ता महेन्द्रबहादुर श्रेष्ठ, उत्कृष्ट कार्यालय कर्मचारी यामबहादुर प्रधान, मञ्जु आचार्य, अञ्जना खतिवडा, मिरा फुयाल र संगिता कार्की लगायत छन । साधारणसभाको अवसरमा गत वर्षको प्रगति र आगामी वर्ष गरिने परिकल्पना, उद्देश्य तथा लक्ष्यहरु प्रस्तुत गरिएको थियो ।

साधारणसभाले रिक्त रहेको सचिव र सदस्यहरु समेत चयन गरिएको सहकारी संस्था उपाध्यक्ष लक्ष्मीकुमारी थेबेले जानकारी दिनुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट