Saturday, October 1, 2022

महिला फुटबल प्रतियोगितामा झापाको जित

इटहरी : सुनसरीको इटहरी रंगशालामा भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं. १ को महिला फुटबल छनोटको खेलमा झापाले जित निकालेको छ ।

आइताबार भएको फाइनल खेलमा धनकुटालाई शुन्यका बिरुद्द एक गोल अन्तरले पराजित गर्दै जित निकाल्न सफल भएको हो । झापालाई जित दिलाउन मुना भुजेलले खेलको १८ औं मिनेटमा गोल गरेकी थिइन् । मुनाले गरेको गोल नै निर्णयक बन्यो ।

यसैगरी झापाले स्वर्ण पदक हात पारेको छ । धनकुटा दोस्रो हुँदै रजत पदक जित्न सफल भएको छ । त्यसैगरी आइतबार बिहान भएको प्रतियोगितामा मोरङलाई सुनसरीले शुन्यका बिरुद्द एक गोलले पराजित गर्दै तेस्रो स्थान ओगट्न सफल भएको छ । सुनसरीले कास्य पदक हात पारेको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट