Saturday, October 1, 2022

संविधान दिवसमा प्रदेश सरकारद्दारा वृक्षारोपण

बिराटनगर : संविधान दिवसको अवसरमा प्रदेश नंं. १ सरकारले वृहत्त वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।
सोमबार आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय अगाडि एक कार्यक्रमको आयोजना गरी रानीदेखि बरगाछीसम्म सडकको बिच भागमा बिरुवा रोपेर संविधान दिवस मनाइएको हो ।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र कुमार राई र आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले बिरुवा रोपेर कार्यक्रमको सुरुवात गर्नुभएको थियो । वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दे मुख्यमन्त्री राईले संविधान निर्माणको छोटो अवधिमै महत्वपूर्ण उपलब्धी हाँसिल गरेको र नेपाली जनताले प्राप्त गरेको संविधानलाई जोगाएर राख्नुपर्ने बताउनुभयो । उहाँले संविधान निर्माण पछि पहिलो कार्यकाल सकिएको र आउँदो मंसिर ४ गते हुने निर्वाचनलाई सफल बनाउन निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण रुपमा गर्न सवैले आ–आप्mनो स्थानबाट भुमिका खेल्नुपर्ने बताउनुभयो ।
सोही क्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संविधानसंगैको सङ्घीयताले विकासका गतिविधि चलायमान बनाएको बताउनुभयो ।

उहाँले संविधान दिवसको अवसरमा केन्द्रीकृत मानसिकताबाट अब विकेन्द्रीकृत भएर आम सर्वसाधारण नागरिकले सहज ढंगले सेवा–सुविधा प्राप्त गर्ने अवसर पाएकोमा सवै नेपालीलाई बधाई व्यक्त गर्नुभएको छ। केन्द्र सरकारको निर्णय अनुसार प्रदेश नंं. १ सरकारले असोज २ देखि ४ गते सम्म सरकारी कार्यालय तथा सार्वजनिक निकायहरूमा वृक्षारोपण तथा दीपावलीलगायतका कार्यक्रम गरी संविधान दिवस भव्यताका साथ मनाउने निर्णय गरेको छ ।

प्रदेश सरकारले संविधान दिवसको मुख्य दिन सोमबार साँझ प्रदेशवासी आम नागरिकलाई आ–आफ्नो घर टोल र सार्वजनिक स्थलहरूको सरसफाइका साथै घरघरमा दीपावली गर्न अपिल गरेको छ । सो वृक्षारोपण कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्काउट विद्यार्थी, स्वयंसेवी विद्यार्थी, निजामती कर्मचारीहरुले वन कार्यालय तथा आन्तरिक मामिला तथा कानून मन्त्रालयले उपलब्ध गराएका विभिन्न जातका दुई हजार तीन सय बिरुवा रोपिएका थिए ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट