Saturday, October 1, 2022

इटहरीमा संविधान दिवसको बिरोध गर्दै प्रदर्शन

इटहरी : नेपालको संविधान २०७२ जारी भएपछि मुलुकमा रहेका सबैखाले असन्तुष्टि समाप्त हुन्छन् र देश आर्थिक समृद्धिको बाटोमा अघि बढ्छ भन्ने अपेक्षा गरिएको थियो । तर, तर संविधान जारी गर्दागर्दै त्यसप्रति असन्तुष्टि रहेको सन्देश दिन खोजिएको थियो । त्यतिबेला संविधानप्रति असन्तुष्टि रहेको सन्देश दिने कतिपय समूहमा निःसन्देह परिणम भिन्न भइ सक्नुपर्नेमा अझै पनि संविधान जारी भएको दिनलाई बिरोधकै रुपमा मनाइ रहेका छन् ।

यसै क्रममा सोमबार इटहरीमा मंगोल नेसनल अर्गनाईजेसन डाक्टर गोपाल गुरुङ् समूहले विरोध कार्यक्रम गरेको छ। मंगोल नेशनलले संविधानले हिन्दु मुलवासी मंगोलहरुलाई सम्वोधन नगरेको र समान अधिकार नदिएको भन्दै विरोध जनाएको हो । कार्यक्रममलाई मंगोल नेसनल अर्गनाईजेसन डाक्टर गोपाल गुरुङ् समूहका संघीय अध्यक्ष विरलाल वालाहाङ् राईले नेपालको संविधान २०७२ मा आर्य संर्वाेच्चतामा निर्मित भएकाले संविधान पुनःर्लेखन हुनु पर्ने बताउनुभयो ।

संविधानले देशको मुलवासीहरुलाई सम्बोधन नगरेको हुनाले संविधान पुनःर्लेखन हुनु पर्ने माग गर्दा सुनुवाई नभएपछि आफुहरुले असोज ३ मा कालो पट्टी बाधेर विरोध जनाएको मंगोल नेसनल अर्गनाइजेसनका केन्द्रीय सदस्य अमित याख्खाले जानकारी दिनुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट