Saturday, October 1, 2022

वराहक्षेत्र र इनरुवामा प्रभात फेरी

बराहक्षेत्र : संविधान दिवसको अवसरमा बराहक्षेत्र नगरपालिकाले सोमबार झाकीसहितको प्रभात फेरी कार्यक्रम गरेको छ । नगरपालिकाको कार्यालयबाट सुरु भएको प्रभात फेरी मुनाल चोक, बस स्टेन, राँगा चोक, बुधबारे चोक, आइतबारे चोक, नेता चोक, महेन्द्र गेट , पानी टेङ्की, जङ्गी चोक, मुनाल चोक लगायतको स्थान परिक्रमा गरेर नगरपालिकाको कार्यालयमा कोण सभामा परिणत भएको थियो ।

प्रभात फेरीमा किरात राई यायोख्या र नेवा समाजले साँस्कृतिक झाकी प्रस्तुत गरेका थिए । नगर प्रमुख रमेश कार्कीसहित प्रभात फेरी कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर , सशस्त्र वेस क्याम चतरा, उद्योग बाणिज्य संघ बराहक्षेत्र, चक्रघट्टी जेसीज , लाइन्स क्लब, उद्योग बाणिज्य संघ, महेन्द्रनगर साना शहरी खानेपानी , जीवन विज्ञान लगायतका संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । बराहक्षेत्र नगरपालिकाले आइतवार संबिधान दिवसको अवसरमा पनि सरसफाई कार्यक्रम र निःशुल्क आँखा शिविर कार्यक्रम आयोजना समेत गरेको थियो ।

यसैगरी, आठौ संविधान दिवसको अवसरमा सुनसरी सदरमुकाम इनरुवामा पनि प्रभातफेरी निकालिएको छ । सोमबार विहान इनरुवा वडा नं. ४ शहिद गेटमा रहेको शहिदहरुको सालिकमा माल्यार्पण गरेपछि प्रभातफेरि निकालिएको हो । इनरुवाको शहिद गेटबाट निकालिएको प्रभात फेरीमा नेपालको झण्डा, संविधान संरक्षण सबैको नेपालको कर्तव्य हो, मौलिक हकको सुनिश्चित गर, नेपालको नयाँ नक्सा कार्यान्वयन गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकी प्रभात फेरि निकालिएको थियो ।

संविधान दिवसको अवसरमा इनरुवा नगरपालिका प्रमुख केदार भण्डारी, उपप्रमुख विनिताकुमारी मेहता, जिल्ला समन्वय समिति प्रमुख राजन मेहता र प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नगरपालिका उपसचिव डिल्लीराज निरौला, सुरक्षाकर्मी तथा स्थानीय संघसंस्थाका प्रतिनिधि, शिक्षक, प्रधानाध्याक विद्यार्थी एवम् समाजसेवीहरु प्रभात फेरीमा सहभागि भएका थिए ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट