Saturday, October 1, 2022

माओवादी सुनसरी सेक्रेटरीमा लामा

इटहरी : नेता मोहन वैद्यले नेतृत्व गरेको नेकपा (क्रान्तिकारी) माओवादीको सुनसरी जिल्लास्तरीय भेलाले नयाँ कमिटी गठन गरेको छ।
इटहरीमा सोमबार भएको माओवादीको भेलाले पेमा लामालाई सेक्रेटरी चयन गरेको छ।

लामाको नेतृत्वमा २१ सदस्यीय समिति चयन गरेर सपथ ग्रहण गरिएको छ। कार्यक्रमको उद्घाटन सत्रलाई नेकपा (क्रान्तिकारी) माओवादीका प्रदेश नं. १ का इन्चार्ज तथा पोलिटब्यूरो सदस्य दिनेश शर्माले गर्नुभएको थियो । सो क्रममा उहाँले कमजोर भएको सर्वहारा वर्गको आन्दोलनलाई अब एकपटक फेरि जुरुक्कै उठाउन पार्टीले नेतृत्व गरेर अघि बढ्ने जिकिर गर्नुभयो ।

उहाँले कम्यूनिष्टका नाममा नेपाली जनताले पटक पटक मार खेप्दै आएको पनि दावी गर्नुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट