Saturday, October 1, 2022

नेटवर्किङ् मार्फत ठगी गरेको आरोपमा छ जना पक्राउ

इटहरी / इटहरी नेटवर्किङ्मार्फत ठूलो रकम कमाईं हुने आश्वासन दिएर सर्वसाधारणलाई ठगी गर्ने गिरोहमा संलग्न छ जनालाई इटहरी प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले मोरङ मिक्लाजुङ वडा नं. १ का ससिता राई, सुन्दरहरैँचा वडा नं. ७ का सन्जिव माझी, ग्रामथान वडा नं. ३ का विक्रम माझी, कटहरी वडा नं. ६ का पंकजकुमार साह, सोही ठाउँका अरुण मुडयारी र झापा विर्तामोड वडा नं. १० का पदम राईलाई पक्राउ गरेको हो । इटहरी वडा नं. ९ का सजन राईको घरमा कोठा भाडा लिएर गोलोबल ओरिन्स नेपाल प्रालिको बोर्ड राखेर सातामा १२ हजारसम्म कमाई हुने आश्वासन दिएर ठगी गर्ने गिरोहमा संलग्नलाई पक्राउ गरिएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार पक्राउ पर्नेका साथबाट कम्प्यूटर, ल्यापटप, मोवाइल फोन, विभिन्न व्यक्तिको फोटो, नागरिकतासहितको सम्झौतापत्र, टिकट, विल, छाप, मेडल, प्रमाणपत्र लगायतका सामग्री बरामद गरेको छ। प्क्राउ पर्ने समूहले नेटवर्किङ्को सदस्य बनेपछि धेरै लाभ प्राप्त हुने र विभिन्न देश घुम्न पाइने भनी प्रलोभन पारेर सदस्य बनाएको प्रहरीले जनाएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट