Saturday, October 1, 2022

पुरुष फुटबल छनोट प्रतियोगितामा मोरङ, धनकुटा, संखुवासभा र भोजपुरको जित

विराटनगर : पोखरामा हुन गईरहेको नवौं राष्ट्रिय खेलकुदका लागि प्रदेश नं. १ को पुरुष फुटबल छनोट प्रतियोगितामा मोरङ, धनकुटा, संखुवासभा र भोजपुरले जितेको छ ।

बुधबार विराटनगर शहिद रंगशालामा भएको पहिलो खेलमा खोटाङ्लाई १ का विरुद्ध ० गोलले पराजित गर्दै मोरङ क्वाटरफाइनलमा प्रवेश गरेको हो । दुवै टिमबाट ‘ए’ डिभिजन खेलेका अनुभवी खेलाडी मैदानमा उत्रिएका थिए । निकै रोमाञ्चक खेलमा मोरङको लागि खेलको नवौं मिनेटमा टिम क्याप्टेन कोमल खवासले एक मात्र गोल गरे । कोमलले गरेको गोल नै निर्णयक बन्यो । बुधबार नै भएको अर्को खेलमा धनकुटाले पाँचथरलाई ३ का विरुद्ध २ गोलले पराजित गर्दै क्वाटरफाइनल पुग्न सफल भएको छ ।

धनकुटाको लागि खेलको ३४ औं मिनेटमा टिम क्याप्टेन बुद्ध चेम्जोङले पहिलो गोल गरे । पाँचथरको लागि ४२ औं मिनेटमा निर्देश राईले गोल गर्दै पहिलो हाफको खेललाई बराबरीमा पु¥याए । विराटनगरको गर्मीमा भएको खेलमा ५० र ६० औं मिनेटमा धनकुटाको लागि क्रमशः मनकुमार राई र बिरेन चेम्जोङ्ले एक–एक गोल गरेका थिए । निकै गर्मीका कारण खेलमा ३ मिनेटको कुलिङ्ग ब्रेक दिएको थियो । पाँचथरको लागि खेलको ८२ औं मिनेटमा निर्देश राईले अर्को गोल गरे । धनकुटा पहिलो खेल जित्दै क्वाटरफाइनलमा सुनसरीसँग खेल्ने छ । यस्तै तेस्रो खेलमा संखुवासभाले तेह्रथुमलाई शुन्यका बिरुद्ध दुई गोलले जित्दै ओखलढुंगासँगको भेट पक्का गरेको छ । खेलको ३५ औं मिनेटमा संखुवासभाको लागि जीवन राई गोल गर्दै पहिलो हाफमा १ विरुद्ध ० अग्रता दिलाउन सफल भए । खेलमा पाएको पेनाल्टीमा तेह्रथुम गोल गर्नबाट चुकेको थियो । संखुवासभालाई थप अर्को गोल ७४ औं मिनेटमा जीवन मगरले गोल गर्दै संखुवासभाको जित पक्का गरेको हो । चौथो खेलमा भोजपुरले उदयपुर माथि ४–२ को जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफमा कुनै टिमबाट गोल हुन सकेन । दुवै टोलीले खेलमा राम्रा अवसर पाए पनि गोल भने गर्न नसके पछि पहिलो हाफ बराबरीमा खेलेको थिए । दोस्रो हाफमा भोजपुरका क्याप्टेन बिजय भुजेल खेलको ५३ औं र ५९ औं मिनेटमा गोल गरे । उदयपुरको लागि ६२ औं मिनेटमा आशिष थारुले गोल गर्दै खेलमा अन्तर घटाए पनि भोजपुरका लागि थप गोल ६५ औं र ७० औं मिनेटमा रामबहादुर तामाङले गोल गर्दै भोजपुरको जित सुनिश्चित गरेका थिए । यस्तै खेलको अन्तिम समय ८३ औं मिनेटमा दिवश श्रेष्ठ गोल गरे पनि जितको लागि प्रयाप्त भएन । अब भोजपुरले इलामसँग खेल्ने छ। विहीबार पनि छनोट अन्तर्गत चार खेल हुनेछ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट