Saturday, October 1, 2022

सहकारी मानिसहरुको जिवनको अभिन्न अङ्ग बन्दै ः हेमकर्ण पौडेल

इटहरी उपमहानगरपलिकाका मेयर हेमकर्ण पौडेलले सहकारी मानिसहरुको जिवनको अभिन्न अङ्ग बनेको बताउनु भएको छ ।

बिहीवार सेवा बचत तथा ऋण सहकारी सस्थांले इटहरीको राधा कृष्ण शिव मन्दिरमा आयोजना गरेको अगुवा सदस्य शिक्षा तथा सम्मान कार्यक्र्रममा बोल्दै मेयर पौडेलले यस्तो बताउनु भएको हो । २०४६ सालपछी स्थापना भएका सहकारीहरुले अर्थतन्त्र सुदृढ बनाउनुको साथै उद्यमशिलता विकास गरेको,रोजगार प्रदान गरेको कारण समाजमा सहकारीको भुमिका महत्वपूर्ण रहेको मेयर पौडेलको भनाई छ ।

समग्रमा सहकारीहरुले रामै्र कामहरु गरेको भएता पनी केहि सहकारीका कारण सम्पूर्ण सहकारीहरु बदनाम हुनु पर्ने स्थीतीको सिर्जना भएको मेयर पौडेलले बताउनु भयो । इटहरीका केही सहकारीहरुले बचतकर्ताको रकम फिर्ता नगरेको गुनासो आइरहेका कारण इटहरीमा सञ्चालीत सहकारीहरुको अभिलेख संकलन गरेर बचतकर्ताको निक्षेप ठग्ने सहकारीहरुलाई कावार्ही गर्ने उहाले बताउनुभयो ।

साथै बचतकर्ताहरुले पनि बचत गर्नु भन्दा अगाडी सहकारीको अबस्था सञ्चालकहरुको सामाजिक आर्थिक अबस्था नबुझी बचत गर्ने गरेको र बढि ब्याजको लोभमा सहकारीको बैधानिकता र अबस्था हेर्दै नहेरी बचत गर्दा बचतकर्ताहरु समस्यामा पर्ने गरेको समेत मेयर उहाँको भनाई छ ।

सेवा बचत तथा ऋण सहकारी सस्थाले ४०० भन्दा बढि ब्यक्तिहरुलाई सम्मान गरेको उक्त सस्थाका अध्यक्ष तिर्थ बहादुर अधिकारीले बताउनु भयो । सहकारीले आफ्ना सदस्य र सदस्यका परीवारहरुलाई सम्मान गरेको हो । बिषेश गरि फरक क्षमता भएका ब्यक्तिहरु, ज्येष्ठ नागरीक तथा अगुवा सदस्यहरुलाई नगद प्रदान गर्दै र खादा ओडाएर सम्मान गरेको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट