Saturday, October 1, 2022

जिल्ला प्रहरी कार्यालय मोरङद्धारा चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना

 मोरङ : जिल्ला प्रहरी कार्यालय मोरङले चाडपर्वलाई लक्षित गरेर दशैं, तिहार, छैठ लगायत अपराधिक गतिविधि र सिमा क्षेत्रको तस्करी नियन्त्रण गर्न सुरक्षा योजना ल्याएको छ ।

चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउने गरी विषेश सुरक्षा योजनाका साथ मोरङ जिल्लामा १३ सय प्रहरीहरु परिचालन गरिने र सुरक्षा योजनाका लागि अपुग २ सय ४१ जना प्रहरी तालिम केन्द्र र गणबाट मगाउने जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरिक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो । उहाले सम्भावित र विगतमा भएका घटना एवं अपराधिक गतिविधीलाई आधार मानेर विशेष ढंगले सुुरक्षा योजना तयार पारिएको जानकारी दिनुभयो ।

उपरिक्षक कोइरालाले असोज ४ देखि छठ सम्म ४१ दिने विशेष सुरक्षा योजना लागुु हुने बताउनुभयो । प्रदेशको राजधानी विराटनगर लगायत चाडपर्वमा भिडभाड बढी हुने क्षेत्रलाई लक्षित गरी सुरक्षा योजना बनाइएको र चोरी लुटपाट, तस्करी, झै झगडाका घटनाका साथै सडक दुर्घटना न्यून गर्न चेक जाँचलाई कडा बनाइने उहाँको भनाई छ ।

प्रहरीको विशेष टोली परिचालन गर्दै सुरक्षा योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरेको र संगसंगै सादा पोषाकमा प्रहरी परिचालन गरिने भएको छ । धार्मिक स्थलहरु, शक्तिपीठ, मठमन्दिर लगायत भक्तजनहरुको भिडभाड एवं घुुइचो हुने स्थानमा सुरक्षा व्यवस्था कडा साथै मादक पर्दाथ सेवन गरेर हुने घट्ना हुन नदिन थप प्रहरी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ ।

चाडपर्वको समयमा यात्रुहरुलाई सहज गर्नको लागि मोरङ जिल्लाका विभिन्न स्थानहरुमा यात्रु सहायता कक्षको पनि व्यवस्था गरिने भएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट