Saturday, October 1, 2022

लिम्बु र मैथिली भाषालाई प्रदेश १ को सरकारी कामकाजको भाषा बनाउनुपर्ने माग

लिम्बु र मैथिली भाषालाई प्रदेश १ को सरकारी कामकाजको भाषा बनाउनुपर्ने भन्दै प्रदेश १ की पर्यटन तथा संस्कृति मंत्री खिनु लङ्बा लिम्बुलाई प्रतिवेदन बुझाइएको छ ।

बिहिवार पर्यटन तथा संस्कृति मंत्रालयमा कार्यदलको प्रतिवेदन बुझाएको हो । सो प्रतिवेदनमा अपनाउनु पर्ने प्रक्रिया र कानुन निर्माण बारे उल्लेख गरिएको छ । नेपाली भाषा बाहेक लिम्बु र मैथिली भाषालाई प्रदेश १ को सरकारी कामकाजको भाषा बनाउन भाषा आयोगले सिफारिश गरेपछि पर्यटन तथा संस्कृति मंत्रालयले नन्द कन्दङ्वाको अध्यक्षतामा ९ सदस्यीय कार्यदल गठन गरेको थियो ।

सो प्रतिवेदन बुझ्दै पर्यटन तथा संस्कृति मंत्री खिनु लङ्वा लिम्बुले संघियता कार्यान्वयनको चरणमा प्रदेश सरकारले प्रदेशको कामकाजी भाषालाई पनि कार्यान्वयन गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाले कानुन निर्माणका लागि सम्बन्धित मंत्रालय र विज्ञहरु संग आवश्यक छलफल गर्ने र चाडै नै मंत्रीपरिषद्बाट पारित गर्ने बताउनुभयो ।

कार्यदलका अध्यक्ष नन्द कन्दङ्वाले प्रतिवेदनमा राष्ट्रभाषा विधेयक २०७९ र प्रदेश १ मा बोलिने लिम्बु र मैथिली बाहेक अन्य भाषाको विकास र प्रवद्र्धनका लागि भाषा विकास प्रतिष्ठान गठन गर्न सिफारिश गरिएको र तोकेको समय भन्दा अगाडीनै प्रतिवेदन बुुझाइएको बताउनसभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट