Wednesday, March 22, 2023

विराटनगरमा दुुइदिने रोजगार मेला हुँदै

अपागंता भएका व्यक्तिहरुको रोजगार सुनिश्चितताका लागि विराटनगरमा दुुइदिने रोजगार मेला आयोजना गरिने भएको छ ।
विहिवार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सहित निजि क्षेत्रका संघसस्थाको सहकार्यमा आगमी कार्तिक १८ र १९ गते मेला आयोजना गरिने जानकारी गराएको हो ।

अपागंता भएका व्यक्तिहरुको रोजगार सुनिश्चित गर्ने दायित्व निजी क्षेत्रले समेत लिनुपर्ने उद्येश्यका साथ मेलाको आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्ष राजेन्द्र राउतले बताउनुभयो ।

सो मेलामा प्रदेश १ का आठ जिल्लाबाट ३ सय लाभग्राही र एक सय रोजगारदाता रहने बताइएको छ । प्रदेश १ का झापा, मोरङ, सुनसरी, इलाम, धनकुटा, पाँचथर, भोजपुर र संखुुवासभा जिल्लाबाट सहभागि हुने आयोजकले जानकारी दिएको छ । विभिन्न नौ क्षेत्रका रोजगारदातासंग दक्षता र क्षमताका आधारमा लाभग्राहीले परामर्श गर्ने बताइएको छ ।

सो मेलामा सहभागीहरुको व्यक्तिगत विवरण तयार पारेर रोजगारदाताको नक्साङ्कन गरि सकिएको आयोजकले बताएको छ । प्रदेश १ मा २५ जना भन्दा बढीलाई रोजगार दिइरहेका रोजगारदातालाई मेलामा सहभागी गराइनेछ । सो महासंघले प्रदेश १ मा अपागंता भएका ७५ जनालाई रोजगारसंग जोडेको र १ सय २५ जनालाई स्वरोजगार बनाएको बताएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट