Friday, January 27, 2023

यात्रुहरुको सहजताका लागि इटहरीमा साहयता कक्ष

इटहरी : चाडपर्वको समयमा यात्रुहरुको सहजताको निम्ति इटहरीमा यात्रु साहयता कक्षको सुरुवात गरिएको छ । आइतवार इटहरी वडा नं. ९ बसपार्कमा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले यात्रु साहयता कक्षको उद्घाटन गर्नु भएको हो ।

सो क्रममा इटहरीका मेयर पौडेलले इटहरीको ट्राफिक व्यवस्थापनमा उपमहानगरपालिक गम्भीर रहेको बताउनुभयो । उहाँले पाँच वर्षे कार्यकालमा इटहरीलाई आहा इटहरी भन्ने बनाएर मात्र विदा लिने दावी गर्नुभयो । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी श्यामकुमार महत्तोले ट्राफिक प्रहरीहरुले आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी नराख्ने बताउँदै यात्रु र चालकहरुले पनि ट्रफिक नियमको पालना गरेमा मात्र चाडपर्वको समयमा हुने दुर्घटनालाई न्यूनीकरण गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा इटहरी वडा नं. ६ का वडाध्ययक्ष दिवस पोखरेल, वडा नं. ९ का वडाध्ययक्ष जितेन्द्र थापालगायतको उपस्थिती रहेको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट