Wednesday, December 7, 2022

देश दलालहरुले चलाउँदै आएको अनुभूति भएको छ : मन्त्री घिमिरे

प्रदेश नं. १ का यातायात तथा सञ्चार मन्त्री उपेन्द्रप्रसाद घिमिरेले देश दलालहरुले चलाउँदै आएको अनुभुति भएको जिकिर गर्नुभएको छ।

शुक्रवार इटरीमा चार दिने समाचार तथा फिचर लेखन प्रशिक्षण समापन कार्यक्रममा मन्त्री घिमिरेले दलालहरुकै कारण भ्रष्टाचार नभएको ठाउँ नभएको पनि जिकिर गर्नुभयो । उहाँले न्यायलयमा समेत भ्रष्टचारमा जोडिएको र कर्मचारीहरु पहँुचका आधारमा लाभ हुने स्थानमा मात्र बस्न रुचाउने गरेको बताउनुभयो ।

उहाँले प्रदेश नंं. १ का पत्रकार र सञ्चार गृहको नियमनका निम्ति मिडिया काउन्सिल ऐन बनाएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश मिडिया ऐन संसदमा पास नभएकोले त्यसलाई अध्यायदेश मार्फत ल्याउन तयारी भएको छ।

उहाँले प्रदेश नंं. १ सरकारले प्रदेश भित्रका स्नातक गरेका महिला र दलितहरुलाई निःशुल्क स्नात्तकोतर पढाउने कार्यविधी बनाइएको पनि जानकारी दिनुभयो । मंगलबारबाट सुरु भएको समाचार तथा फिचर लेखन तालिम शुक्रबारसम्म चलेको हो । तालिममा २५ जना प्रशिक्षार्र्थीहरुको सहभागिता रहेको थियो ।

तालिमको सहजीकरण पत्रकार महासघंका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले गर्नुभएको थियो । समापन कार्यक्रममा नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्यद्धय अमर खड्का र भिषण राईसँगै नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल प्रेस युनियन सुनसरीका कार्यबाहक अध्यक्ष सञ्जिव वाग्ले, प्रेस सेन्टरका उपमहासचिव राजन केडीलगायतले बोल्नुभएको थियो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट