Wednesday, December 7, 2022

विराटनगरमा नविकरणीय उर्जा प्रदर्शनी हुँदै

न्यून कार्वन उत्सर्जनबारे जनचेतना जगाउन र नविकरणीय उर्जाको प्रवद्र्धन गर्न पहिलो पटक विराटनगरमा नविकरणीय उर्जा प्रदर्शनी आयोजना गरिने भएको छ ।

शनिवार विराटनगरको हिमालय रोडमा आयोजना गर्न लागिएको नविकरणीय उर्जा प्रदर्शनीमा युवाहरुद्वारा निर्माण गरिएको नविनतम प्रविधि, विद्युतीय सवारी साधनहरु, सौर्य उर्जाबाट सञ्चालित सामग्रीहरु प्रदर्शन गरिने छन् । दिगो विकास इन्स्टिच्युटको आयोजना तथा विराटनगर महानगरपालिका लगायत विभिन्न एक दर्जन संस्थाको सहयोगमा आयोजना हुने प्रदर्शनी करिब २ हजार व्यक्तिहरुले अवलोकन गर्र्ने छन् ।

शनिवार दिउँसो ३ बजे देखि साँझ ६ बजेसम्म हिमालय रोडमा आयोजना हुने सो प्रदर्शनी अघि बिहान सचेतना ¥यालीको आयोजना गरिने आयोजक दिगो विकास इन्स्टिच्युटका कार्यक्रम अधिकृत अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । पहिलो पटक विराटनगरमा आयोजना गरिने नविकरणीय उर्जा प्रदर्शनी प्रत्येक वर्ष आयोजना गर्ने तयारी गरिएको बताइएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट