Wednesday, December 7, 2022

एडुटेक कलेजद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

यातायात, व्यापार र खेलकुदको हब मानिएको इटहरी पूर्वी नेपालको महानगरउन्मुख सहर हो । पछिल्लो समय इटहरी शिक्षाको पनि हब बन्दै गएको छ । यही क्रममा यसै वर्षदेखि इटहरीमा खुलेको एडुटेक कलेजले कक्षा ११ का विद्यार्थीका निम्ति शनिबार स्वागत कार्यक्रम गरेको छ।
दसै, तिहार, छठ र नेपाल सम्वत पर्वको अवसरमा शुभकामना आदानप्रदानसँगै आयोजना गरेको स्वागत कार्यक्रममा विद्यार्थीहरुले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सो क्रममा नेपाल आइडल सिजन–३ की विजेता सज्जा चौलागाईंले प्रस्तुती गर्नुभएको थियो ।
सो क्रममा गायिका दुर्गा विष्टले पनि प्रस्तती गर्नु भएको थियो । कार्यक्रममा प्राधपक डाक्टर टंक न्यौपानेले एडुटेक कलेजको विश्वासिलो र शैक्षिक क्षेत्रमा अनुभवी टीम भएको बताउनुभयो ।
सो क्रममा कलेजका अध्यक्ष चिरञ्जिवी तिम्सिनाले कलेजले पहिलो वर्ष नै कक्षा ११ मा ५०० हाराहारी विद्यार्थी पुगेकाले गर्दा अन्यभन्दा फरक र गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्द रहेको बताउनुभयो । एडुटेकले कक्षा ११ बाहेक इटहरीमा पहिलो पटक एसीसीएसम्बन्धी पठनपाठन हुने गरि वीवीएस, वीवीए, वीसीए, वीआइटी एमवीएस, वीएसडब्लु लगायतका विषयहरु पठनपाठन गराउने भएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट