Wednesday, December 7, 2022

इटहरीका पूर्वमेयर माओवादीमा प्रवेश गर्दैै

इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्ने हुनुभएको छ । नेकपा एमाले सुनसरी जिल्ला पूर्व अध्यक्षसमेत रहेका चौधरी आइतबार बिहान ९ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट औपचारिक रुपमा पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ।
चौधरी पार्टी प्रवेश गर्नका लागि शनिबार दिउँसो प्लेनमार्फत काठमाडौं पुग्नुभएको छ। पार्टीबाट आत्मा सम्मानमा चोट पु¥याउँने र हुर्मत लिने काम भएकाले गर्दा माओवादीमा प्रवेश गर्न लागेको बताउनुभयो ।
प्रदेशसभाको टिकट पाउने शर्तमा माओवादी प्रवेश गर्न लागेको चर्चा भएपनि त्यसबारे क्लियर नभएको उहाँले प्रतिक्रिया दिनुभयो ।
गठबन्धनतर्फ सुनसरी २ (का) माओवादीको भागमा परेमा उनीसहित माओवादीका नेता शिवकुमार डागी र शारदा पोखरेल प्रदेश सांसदका आकांक्षी रहेका छन् ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट