Wednesday, March 22, 2023

सुन्दरहरैँचामा भेट्रान खुल्ला गोल्डकप हुने

सुन्दरहरैँचा : मोरङको सुन्दरहरैँचामा सुन्दरहरैँचा नगर क्लव स्तरीय नकआउट भेट्रान खुल्ला गोल्डकप हुने भएको छ ।

सुन्दरहरैँचा युवा क्लवको आयोजनामा असोज २८ गतेदेखि कार्तिक ४ गतेसम्म गोल्डकप हुने शनिवार पत्रकार सम्मेलन गरी जानकारी दिइयो । प्र्रतियोगितामा आठवटा टीमले सहभागिता जनाउने छन् । प्रतियोगितामा प्रथम हुनेले ५१ हजार नगदसहित मेडल, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछ ।

दोस्रो हुनेले ३१ हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी, अन्य विधामा वेस्ट गोल्ड किपर, वेस्ट कोच र म्यान अफ दि म्याच लाई पनि शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट