Wednesday, March 22, 2023

पथरी फुटबल क्लब फाइनलमा प्रवेश

बराहक्षेत्र नगरपालिका वडा नं. ७ देवीघाटमा जारी ९ औं संस्करणको सप्तकोशी गोल्डकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा पथरी फुटवल क्लव मोरङ फाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको खेलमा सयपत्री फुटवल क्लब वराहक्षेत्रलाई एकका बिरुद्ध तीन गोल अन्तरले पराजित गर्दै पथरीले फाइनलको यात्रा तय गरेको हो । खेलको १० औं मिनेटमा पथरीले अग्रता लिएको थियो । पथरीका लागि अबिसेक गुरुङले पहिलो गोल गरेका थिए । पथरीले पहिलो हाफको ३० आंै मिनेटमा अग्रतालाई दोब्बर बनाएको थियो । पथरीका लागि बिजय भुजेलले सुन्दर गोल गरेका थिए । सयपत्रीले खेलको ६० औं मिनेटमा १ गोल गर्दै खेलमा फर्कने संकेत गरेका थिए । सयपत्रीका लागि सौजन याख्खाले गोल गरेका थिए । तर खेलको ६९ औं मिनेटमा गोल गर्दै पथरीले अग्रतलाई फराकिलो बनाएका थिए । पथरीका लागि बिबेक पौडेलले गोल गरेका थिए । त्यस पछि दुबै टिमबाट कुनै गोल हुन नसके पछि पथरीले सयपत्री बिरुद्ध एकका बिरुद्ध तीन गोलको सहज जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो । खेलको म्यान अफ दि म्याच १ गोल गरेका बिजय घोषित भए । उनले नगद ३ हजार सहित ट्रफी प्राप्त गरेका थिए । प्रतियोगिता अन्तर्गत दोस्रो सेमिफाइनल खेल अन्तर्गत बिहीवार आयोजक सप्तकोसी युवा क्लव र सतासी धामबीच हुनेछ । कात्तिक ५ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत प्रथम पुरस्कार २ लाख र दोस्रो पुरस्कार १ लाख रहेको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट