Wednesday, March 22, 2023

मोरङमा मतदान केन्द्रमा सामग्री पठाउन शुरु

विराटनगर : मोरङमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मतदान केन्द्रमा आवश्यक मतदान सामग्रीहरु सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाउन शुरु गरिएको छ ।

मतपत्र र मतदाता परिचय पत्र बाहेकका ६१ वटा सामग्रीहरु प्याकिङ् गरेर सम्बन्धित मतदान अधिकृतहरुलाई वितरण गरिने बताइएको छ । निर्वाचन सम्बन्धी तालिम पछि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई सो मतदान सामग्री वितरण गरेर पठाउन सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मतदान सामग्री पठाउन थालिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रदेश निर्वाचन अधिकारी लेवन कश्यप अधिकारीले जानकारी दिनुभयो

सियो धागो, मतदान बाकस, घेराबारा लगायतका मतदानमा प्रयोग हुने सबै सामग्रीहरु प्रत्येक मतदान केन्द्रका लागि छुट्टाछुट्टै पोका बनाइएको छ । केही निर्वाचन सामग्रीहरु आउन बाँकी रहेकोले ती सामग्रीहरु समेत निर्वाचन अधिकृतको कार्यालयमा पठाइने र कार्तिक २५ गते देखि मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिने तयारी गरिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

मुलुकमा सबैभन्दा बढी मतदाता र ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ३ सय ६ वटा मतदान स्थल र ८ सय ३९ वटा मतदान केन्द्रहरु रहेका छन् ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट