Friday, January 27, 2023

नागरिकको भविष्यसँग जोडिएका सवालमा कठोर हुने : मेयर पौडेल

इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले नागरिकको भविष्यसँग जोडिएका सवालमा कठोर भएर लाग्ने बताउनुभएको छ।
सोमबार पत्रकार भेटघाट कार्यक्रममा मेयर पौडेलले विगतमा भएका कमी कमजोरीलाई सच्चाउँदै अब कठोर भएर अघि बढ्ने बताउनुभयो ।
उहाँले स्थानीय सरकारले शहरको भविष्य बन्धक बनाउने किसिमका कुनै पनि प्रकारका काम नगर्ने प्रतिबद्दता जनाउनुभयो । मेयर पौडेलले इटहरी क्षेत्रमा देखिएको मुख्य पार्किङ्को समस्या समाधान गर्न लागि पर्ने बताउनुभयो । पार्किङ्का लागि बैकिल्पक व्यवस्था गरेर अघि बढ्ने तयारी भइरहेको बताउनुभयो । उहाँले टेङ्ग्रा खोलालाई वस्तीको बीचबाहेक अन्यत्रबाटै डाइभर्सन गरेर व्यवस्थि गर्न सकिने भएपनि इटहरीसँगै दुहवी र विराटनगर महानगरपालिकाका समेत रहेकाले गर्दा दीर्घकालिन योजना बनाएर अघि बढनुपर्ने बताउनुभयो । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनपछि पहिलो पल्ट इटहरी उपमहानगरपालिकाले पत्रकार भेटघाट राखेर इटहरीको वृहत्तर विकासका निम्ति सल्लाह र सुझाव माग गरेको हो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट