Friday, January 27, 2023

सक्षम नेतृत्व अहिले देशले खोजीरहेको छ : काँग्रेस महामन्त्री थापा

नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्पष्टता, प्रतिबद्धता र सक्षम नेतृत्व अहिले देशले खोजिरहेको बताउनुभएको छ ।
मंगलवार विराटनगरमा नेपाली काँग्रेसका नेता गुरु घिमिरेले लेखेको ‘बाटो बिराएको राजनीति’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिलेको गठबन्धनबाटै सरकार बन्ने भए पनि सरकार के को लागि भन्ने महत्वपूर्ण भएको बताउनुभयो । सरकार बनाउन नेताहरु भित्र–भित्र मिलेर तमसुक गर्ने गरेको उहाँले बताउनुभयो ।
उहाँले एउटा स्पष्टता, प्रतिबद्धतासहित क्यारेक्टर भएको लिडरसिप भएको सरकारले मात्र देशको समस्या समाधान गर्न सक्ने बताउनुभयो । महामन्त्री थापाले काँग्रेस संसदीय दलको निर्वाचन लड्ने बताउँदै आइरहुनभएको छ । महामन्त्री थापाले प्रदेशसभाले पाँच वर्षमा आप्mनो औचित्य पुष्टि गर्न नसके जनताले सडकबाट नै प्रदेश चाहिदैन भनेर फैसला गर्ने बताउनुभयो । उहाँले प्रदेश संरचनाको लागि अवको पाँच वर्र्षे कार्यकाल महत्वपूर्ण हुने बताउनुभयो ।
महामन्त्री थापाले प्रदेश सरकारले आगामी ५ वर्षमा आफुलाई सक्षम सावित नगर्न सके जनताले नै अस्वीकार गर्ने धारणा राख्नुभयो । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले प्रत्यक्षतर्फ २३ बाट ५७ सीट जिते पनि काँग्रेसको पपुलर भोट घट्नु चिन्ताको विषय भएको बताउनुभयो । माओवादीको जगजगी रहेको बेलामा पनि ३२ प्रतिशत रहेको पपुलर भोट घट्नु गम्भीर विषय भएको उहाँले बताउनुभयो । राजनीतिलाई बाटो बिराउन नदिने समेत उहाँले बताउनुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट