Wednesday, March 22, 2023

विराटनगरमा मापदण्ड विपरीत निर्माण गरिएका संरचना भत्काउँदै

विराटनगर महानगरपालिकाले मापदण्ड विपरित संरचनाहरु भत्काउन थालेको छ ।
सडक सौन्दर्यकरण अभियान अन्र्तगत सडकपेटीमा रहेका संरचनाहरु व्यवस्थापन र पार्किङ्लाई समेत व्यवस्थित बनाउने अभियानमा महानगरपालिका जुटेको छ । विराटनगर महानगरको नगर प्रहरी सहित मापदण्ड विपरीत संरचनाहरु भत्काउनका लागि थप जनशक्ति समेत परिचालन गरिएको छ । सडकपेटी सरसफाई अभियानले सडक सौन्दर्यकरणसँगै दुर्घटना समेत न्युनीकरण हुन सक्ने भन्दै नगर क्षेत्र भित्र मापदण्ड विपरीत रहेका संरचनाहरु तत्काल भत्काउने र सहरलाई सौन्दर्यकरण बनाउने नगर प्रहरी निरीक्षक राजन पोडैलले बतानसुभयो ।

सफा, सुन्दर र शान्त विराटनगर भन्ने मूल लक्ष्यका साथ काम गर्न महानगरपालिकाले लिइएको लक्ष्यलाई नागरिक समाज, राजनीतिकर्मी, युवा, बुद्धिजिविलगायत सरोकारहरुलाई सडक सौन्दर्यकरण अभियानमा जुटन आग्रह गरिएको छ ।

महानगरपालिकाले लिइएको लक्ष्यलाई पुरा गर्न र यस अभियानमा जुटन विराटनगर महानगर पालिकाका मेयर नागेश कोइरालाले नगरवासीहरुलाई आग्रह गर्नुभएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट