Friday, January 27, 2023

माओवादीको धोका र काँग्रेसको कमजोरीका कारण गठबन्धन टुटेको हो : नेता कोइराला

नेपाली काँग्रेस नेता डा. शेखर कोइरालाले माओवादीको धोका र काँग्रेसको कमजोरीका कारण गठबन्धन टुटेको बताउनुभएको छ ।
मंगलबार विराटनगरमा संचारकर्मीहरुसँग कुरा गर्दै नेता डा. कोइरालाले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले निर्णय गरेको र काँग्रेस ठुलो पार्टी भएकाले पनि प्रधानमन्त्रीमा स्वभाविक दाबेदारी भएको बताउनुभयो । उहाँले काँग्रेसको दाबी मन नपरेपछि प्रचण्डले एमालेसँग मिलेर सरकार बनाएको बताउनुभयो । उहाँले पहिले देखि नै आफुले गटबन्धनको विरोध गर्दै आएको र निर्वाचनअघि गठबन्धन नगर्न मन्दा नेतृत्वले अस्वीकार गरेको तथा वार्ता एवम् छलफलहरुमा नेपाली काँग्रेसका पदाधिकारीहरुलाई नसमेटिएकोले पनि अहिलेको योे अवस्था आएको बताउनुभयो ।
वर्तमान घटनाक्रमबारे नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिले निर्मम छलफल गर्ने उहाँले बताउनुभयो । उहाँले विशेष महाधिवेशन भन्दा पनि नीति अधिवेशन बोलाउनुपर्ने धारणा राख्नुभयो । नेपाली काँग्रेस भित्र आपसी समझदारी नभएका कारण पनि धोका भएको भन्दै अब कस्तो नीति बनाउने भन्नेमा जोड दिने बताउनुभयो ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट