Friday, January 27, 2023

दशौँ भेडेटार फुड फेष्टिभल सुरु

धनकुटाको भेडेटारमा दशौँ भेडेटार फुड फेष्टिभल सुरु भएको छ।
होटल एसोसिएशन अफ भेडेटारको आयोजनामा फेष्टिभलको उद्घाटन गर्दै प्रदेश १ का संसद निरन राईले भेडेटारको विकासका लागि सबैको हातेमालो हुनुपर्ने बताउनुभयो । हरदम चिसो मौसम रहने धनकुटादेखि ३६ किलोमिटर दक्षिण तथा धरानदेखि करिब १६ किलोमिटर उत्तरमा अवस्थित भेडेटार पूर्वकै प्रमुख पर्यटकीय गन्तव्यमा हो। भेडेटारमा अंग्रेजी नयाँ वर्षको अवसर पारेर पर्यटन प्रवर्धन गर्ने उद्देश्यले हरेक वर्ष फेष्टिभलको आयोजना हुने गरेको छ। भेडेटार आउने विदेशी पर्यटकहरूमा सबैभन्दा धेरै भारतीय हुने गरेको र नयाँ वर्षमा भारतीयहरूको बिदा हुने भएकाले उनीहरूलाई लक्ष्यित गरि भेडेटार लगायत पूर्वी नेपालमा आकर्षित गर्न फेष्टिभल आयोजना गरिएको होटल एसोसिएशन अफ भेडेटारकी कार्यबहाक अध्यक्ष शान्ति मादेन लिम्बूले बताउनु भयो । तीन दिनसम्म हुने फेष्टिभलमा विभिन्न जाति परिकारका स्टलहरु, अर्गानिक खानाका स्टल, स्थानिय कृषि उत्पादनका स्टलहरु राखिने आयोजक होटल एशोसिएशन अफ भेडेटारले जनाएको छ । फेष्टिभल अवधीमा भेडेटारमा विभिन्न पर्यटकिय गतिविधीहरु पनि हुनेछन् भने यही अवधिमा हेलि फनफ्लाइट, प्याराग्लाइडिङ सञ्चालन गरिने भएको छ । फेष्टिभलमा करिब २० हजार पर्यटकहरु सहभागी हुने र करिब १५ लाख खर्च हुने आयोजकको अनुमान छ । फेष्टिभलको अवधिमा भेडेटारमा करिब एक करोडको कारोबार हुने बताइएको छ । फेष्टिभलमा विभिन्न जातिको झाँकी प्रस्तुत गरिएको छ ।

 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट