Friday, January 27, 2023

विराट सडक महोत्सव माघ १२ गतेदेखि

यही माघ १२ गते देखि १४ गते सम्म तीन दिन विराटनगरमा विभिन्न जातजातिका खानाका परिकार र सांस्कृतिक कार्यक्रम सहितको विराट सडक महोत्सव आयोजना गरिने भएको छ ।
सोमबार विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी विराट सडक महोत्सवको उद्देश्य र सहभागिता बारे जानकारी गराइएको थियो । विराटनगर महानगरपालिकाको सहयोग र मन्जिना मुभिज क्रिएशनको आयोजनामा हुन लागेको विराट सडक महोत्सवमा थारु, राजवंशी, मैथिल, नेवार, लिम्बुलगायतको खानाको स्टलका साथै उनीहरुको संस्कृति र पहिचान झल्काउने प्रदर्शनी पनि गरिने आयोजकले जानकारी दिएको छ । आप्mनो पहिचान र संस्कृतिका साथै खानाको परिकार लोप हुन नदिन र नयाँ पिढीलाई जानकारी गराउन सो सडक महोत्सव आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । सो महोत्सवमा ४० वटा खानाको स्टलहरु रहने र दिउसो २ बजे देखि ८ बजे सम्म कार्यक्रम आयोजना गरिने बताइएको छ ।

 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट