Friday, January 27, 2023

प्रदेश नंं. १ को मुख्यमन्त्रीमा एमाले नेता कार्की नियुक्त

प्रदेशसभा सदस्य नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की प्रदेश नं. १ को मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ ।
प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नूभएको हो । प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नु भएको कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको छ । एमाले संसदीय दलका नेता रहेका कार्कीलाई माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, राप्रपाका दलका नेता भक्ति सिटौला र जसपाकी नेता निर्मला लिम्बूले मुख्यमन्त्रीमा नियुक्तीका लागि समर्थन दिनुभएको थियो । प्रदेशसभामा रहेका नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रको १३, राप्रपाको ६ र जसपाको १ जना सांसद गरी ६० सांसदको समर्थनमा कार्की मुख्यमन्त्री बन्नुभएको हो । प्रदेशसभामा रहेका ९३ सदस्यमध्ये सरकार बनाउन ४७ सदस्य आवश्यक पर्नेमा करिब दुईतिहाई सदस्य ६० जनाको समर्थनमा कार्कीको दावी पेश भएको थियो । सोही अनुसार कार्की मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । प्रदेशसभामा कुनै पनि दलको बहुमत नपुगेपछि २ वा २ भन्दा बढी दलको समर्थनमा सरकार बनाउन प्रदेश प्रमुख परर्शुराम खापुङले आईतबार ५ बजेसम्मको समय दिनुभएको थियो । सो समय अगावै दलहरुले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न दावी पेश गरेका थिए । मुख्यमन्त्री कार्कीको सपथ भने सोमबार मात्र हुने प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट