
नेपाल एकीकरणका अभियान्ता पृथ्वीनारायण साहको ३०१ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस इटहरीमा मनाइने भएको छ।
विगत दस वर्षदेखि निरन्तर रुपमा इटहरीमा मनाउने गरिएको पृथ्वी जयन्ती तथा एकता दिवसको तयारी पुरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । हरेक वर्षको पुस २७ गते पर्ने पृथ्वी जयन्ती तथा एकता दिवस मनाउन इटहरीमा यसपटक भेषजा काफ्लेको संयोजकत्मा समिति गठन भएको छ।
काफुलेले यसपटक प्रमुख वक्ताको रुपमा संस्कृतिविद् प्राध्यापक डाक्टर धनबहादुर कुवँरलाई डाकेको बताउनुभयो । उहाँका अनुसार दिवस अवसरमा कलेज तथा विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता समेत भइ सकेको छ। अब पुस २७ गते इटहरीको पश्चिम चोकमा वृहत्त कार्य क्रम हुनेछ । कार्यक्रमअघि ¥याली प्रदर्शन हुनेछ । ¥याली इटहरी बजार क्षेत्र परिक्रमा गर्नेछ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा यसपटक सरकारले सार्वजनिक विदा समेत दिएको छ।
प्रदेश नं. १ का मुख्यमन्त्री कार्कीको शपथ
