Friday, January 27, 2023

प्रदेश नं. १ का मुख्यमन्त्री कार्कीको शपथ

प्रदेश नं. १ मा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा चार सदस्यीय मन्त्रीमण्डल गठन गरिएको छ ।
सोमवार विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रम बीच प्रदेश नं. १ का प्रदेश प्रमुख परशुराम खापुङले एमाले संसदीय दलका नेता कार्कीलाई मुख्यमन्त्री पदको शपथ ग्रहण गराउनुभयो । यसैगरी प्रदेश प्रमुख खापुङले एमालेका सांसद तीलकुमार मेयाङ्बो, राप्रपाका भक्ति सिटौला र जनता समाजवादी पार्टीकी निर्मला लिम्बुलाई मन्त्री पदको शपथ गराउनुभएको हो । सबै मन्त्रीहरुको कार्यभार तोकिएको छैन । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले तत्काल सरकारमा सहभागी नहुने बताएपछि मुख्यमन्त्री कार्कीले एमाले, राप्रपा र जसपाबाट एक÷एक जनालाई मन्त्री नियुक्त गर्नुभएको हो । गत आईतबार सम्म सँगै सरकारमा जाने सहमति गरेको प्रदेश नं. १ माओवादी केन्द्रले केन्द्रको निर्णय अस्वीकार गर्दै सरकारमा सहभागी नहुने भएको हो। शपथ ग्रहण पछि सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले आफ्नो नेतृत्वको सरकारले जनतालाई प्रदेश सरकारको आभास दिलाउने गरी काम गर्ने बताउनुभयो । उहाँले चाडै नै विश्वासको मत लिने र मन्त्री मण्डललाई पूर्णता दिने पनि बताउनुभयो ।
शपथ ग्रहण समारोहका पूर्व मुख्यमन्त्रीहरु, मन्त्रीहरु, प्रदेश सांसद, सुरक्षा निकायका प्रमुखहरु र विभिन्न पार्टीका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

धेरै पढिएको
- Advertisment -
- Advertisment -

- Advertisment -

विराट रिर्पाेट